मंगलबार, जेठ २६, २०८३

भरतपुर महानगरभित्रका खेतीयोग्य जमिनमा उच्च अम्लीयपना

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

नारायणगढ- भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लीयपना पाइएको छ।

National life

महानगरको कृषि शाखाका अनुसार गत आर्थिक वर्षमा गरिएको माटो परीक्षणका क्रममा माटोमा अम्लीयपनाको मात्रा उच्च देखिएको हो। महानगरको वडा नम्बर १,४,५,६,१३,१४,१५,२४,२५,२६,२७ लगायतका वडाको माटो परीक्षणका क्रममा अम्लीयपना उच्च देखिएको कार्यालयका अधिकृत अञ्जली श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार पाँच सय ४६ नमुना परीक्षणका क्रममा यहाँको मोटोमा अम्लीयपना भेटिएको हो। महानगरको खेतीयोग्य जमिनमा अम्लीयपना देखिएसँगै कृषि चुनको प्रयोगका लागि किसानलाई अनुरोध गरिएको उनले बताइन्। 'कृषि चुन प्रयोग गर्ने किसानका लागि ७५ प्रतिशत अनुदान सहयोग गरेका छौँ', उनले भनिन्।

उनका अनुसार माटोमा भएका अम्लीयपना ६ दशमलव ५ प्रतिशतबाट तल झर्दै आएमा अम्लीयपना बढी भएको मानिन्छ। महानगरको माटोमा ५ र ५ दशमलब ५ प्रतिशत रहेको उनले बताइन्।

अम्लीयपना देखिएको माटोमा बिरुवाको वृद्धिविकास कम हुने, उत्पादन घट्ने, बिरुवाले सजिलै खाध्यत्व पाउन नसक्ने हुँदा कृषि क्षेत्रमा समस्या आउने उनले बताइन्। उनले भनिन्, 'अम्लीयपना भएको माटोमा जति मल हाले पनि काम गर्दैन।'

Shivam cement

रासायनिक मल र विषादीको बढी मात्रामा प्रयोगका कारण उत्पादन घट्ने र माटोमा क्याल्सियम, चुन र म्याग्नेसियम कम हुँदा माटोमा अम्लीयपना बढ्ने गर्दछ। भरतपुर महानगरपालिका ४३ हजार २५३ हेक्टर क्षेत्रफलमा फैलिएको छ। जसमा १५ हजार ७५ हेक्टर क्षेत्रफल कृषि योग्य रहेको छ। यहाँ विभिन्न प्रकारका कृषि कर्म हुँदै आएका छन्। यसमा महानगरले विभिन्न कृषि पकेट क्षेत्र समेत बनाएर काम गर्दै आएको छ।

प्रकाशित: Aug 31, 2023| 22:26 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्