शनिबार, साउन ९, २०८३

बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ 

 |  बिहीबार, भदौ १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १४, २०८०

मकवानपुर- बागमती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ सम्पन्न भएको छ।  

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए। काठमाडौं उपत्यकासहित तीन जिल्लामा शतप्रतिशत वर्षे धानको रोपाइँ किसानले सम्पन्न गरेको उनले बताए।

प्रदेशको १३ वटै जिल्लाको स्थानीय गाउँपालिका र नगरपालिकाको सहयोगमा खेतीयोग्य जमिनको माटोको अमिलोपनाको परीक्षण गर्न टोली खटाउने मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 31, 2023| 21:48 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्