मंगलबार, जेठ २६, २०८३

गैंडाकोटमा युवतीले लगाइन् आफ्नै शरीरमा आगो

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०
National life
Shivam cement

पूर्वी नवलपरासीको गैंडाकोटमा एक युवतीले आत्मदाहको प्रयास गरेकी छन्। गैंडाकोट नगरपालिका-२ एसपीएम चोक बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन्।

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। श्रीमानसँग सामान्य झगडा भएपछि कोठाभित्र पसेर चुकुल लगाएर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

आगलागीबाट गम्भीर घाइते उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। युवतीको शरीरको माथिल्लो भाग र अनुहार जलेको प्रहरीको भनाइ छ।

प्रकाशित: Aug 30, 2023| 18:50 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्