मंगलबार, जेठ २६, २०८३

बोक्सी आरोपमा छिमेकीलाई कुटपिट गर्ने चार जना पक्राउ

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०
National life
Shivam cement

बोक्सीको आरोपमा छिमेकी महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा महोत्तरीको मनरा शिसवा नगरपालिका-१० को मरुवाहीका चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामविनय चौधरी, रामसिकिल चौधरी, साजन चौधरी र राजकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

घटनाका मुख्य आरोपित रामसिंहासन चौधरी भने फरार छन्। गत बुधबार साँझ रामसिंहासनकी १३ वर्षीया नातिनी अचानक बिरामी परेकी थिइन्। उनी बेहोस भएपछि बाहिर निस्केर रामसिंहासनले छिमेकी भोला चौधरीलाई 'तेरी श्रीमतीले बोक्सी लगाएको' भन्दै गालीगलौजसँगै हातपात गरेका थिए। भोला कामबाट घर फर्किएका थिए। हल्ला सुनेर घरबाहिर आएकी भोलाकी पत्नी सतीदेवी चौधरीमाथि परिवारै मिलेर जाइलागेका थिए। प्रहरीका अनुसार बोक्सी लगाएर नातिनी बिरामी बनाएको आरोप लगाएर अश्लील गाली गर्दै उनीहरुले कुटपिट गर्नुका साथै मलमूत्र खुवाउने प्रयास गरेका थिए।

घटनापछि सतीदेवीले ५ जनाविरुद्ध प्रहरीमा उजुरी दिएकी हुन्। पीडितको उजुरीपछि चार जना गत आइतबार पक्राउ परेका हुन्। पक्राउ परेकाहरुलाई हिरासतमा राखेर बोक्सीविरुद्धको कसुर २०७२ अनुसार मुद्दा चलाउन एक हप्ताको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित: Aug 30, 2023| 18:36 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्