शनिबार, साउन ९, २०८३

डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरिक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। त्यहाँ कार्यरत रहँदा उनको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो।

अख्तियारले १८ लाख रुपैयाँ बिगो दाबी गर्दै उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। २५ मंसिर २०७९ मा बुटवल उपमहानगरपालिका-५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल सुन लिएर गएका उनले यसबारेमा कार्यालयमा जानकारी नगराएको अख्तियारले बताएको छ।

पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएको तर सुन फिर्ता नगरी आफैंसँग राखेका थिए। त्यस क्रममा उनले दुई जनासँग क्रमश: ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घूस लिएको पाइएको अख्तियारले जानकारी दिएको छ।

प्रकाशित: Aug 30, 2023| 18:23 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्