मंगलबार, जेठ २६, २०८३

काठमाडौंमा शुक्रबार सार्वजनिक बिदा 

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०
National life
Shivam cement

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने भएकोले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ। 

महानगरपालिकाले सार्वजनिक गरेको सूचना भानिएको छ, 'काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भदौ १५ गते शुक्रबारका दिनमा सापारु र रोपाइ जात्रा समेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।' 

371143235_320341230377326_8204235806319508385_n1693396640.jpg

प्रकाशित: Aug 30, 2023| 17:31 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्