मंगलबार, जेठ २६, २०८३

सुन तस्करी प्रकरण

महराले सीआईबीलाई बयान दिने

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

काठमाडौं- नौ किलो सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुलले अनुसन्धानका लागि प्रहरी कार्यालय उपस्थित हुने जनाएका छन्।

National life

मिडियाले कुरा उठाएपछि आक्रोश व्यक्त गर्दै राहुलले अनुसन्धानमा सहयोग गर्न आफू प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो उपस्थित हुन लागेको जनाएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कथित ठूलो भनिएको मिडियाले ग्वेवल्स शैलिमा मिडिया ट्रायल गरी हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वय‌ं सीआईबीमा उपस्थित भई अनुसन्धानमा सहजिकरण गर्दैछु। नविराउनु, नडराउनु।’

प्रकाशित: Aug 30, 2023| 15:55 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्