सोमबार, पुस ७, २०८२

क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो।
 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

चितवन– चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएका छन्। अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो।

National life

बैठकले आगामी १ असोजदेखि लागू हुने गरी अस्पतालका सघन उपचार कक्ष (आइसीयू), पोस्टअप र क्याबिनबाहेकका सम्पूर्ण जनरल (साधारण) शय्या निःशुल्क गर्ने निर्णय गरेको कार्यकारी निर्देशक डा. पौडेलले जानकारी दिए। अस्पतालमा कुल ४५० शय्या रहेका छन्।

यसमा ३ सय ५० हाराहारी जनरल शय्या छन् । अस्पतालले भर्ना भएका बिरामीलाई खाना निःशुल्क उपलब्ध गराउँदै आएको छ। बैठकले अस्पतालको उपनिर्देशनमा डा उमेश नेपाललाई नियुक्त गरेको छ। यसैगरी सञ्चालक सदस्यमा डा. कृष्णसागर शर्मा र डा भावना वाग्लेलाई नियुक्त गरेको छ।

अस्पतालका तर्फबाट एक महिलासहित दुई  चिकित्सक नियुक्त गर्नुपर्ने व्यवस्थाअनुसार डा. शर्मा र वाग्लेलाई बैठकले सदस्य पदमा नियुक्त गरेको डा पौडेलले जानकारी दिए।

प्रकाशित: Aug 30, 2023| 15:51 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्