मंगलबार, जेठ २६, २०८३

अरिंगालको लोभमा रुखबाट लडेर वडा सदस्यको मृत्यु

वडा–८ को लामबगरमा अरिंगालको गोला पोल्ने क्रममा मंगलबार राती रुखबाट लडेर वडा सदस्य माझीको मृत्यु भएको हो।
 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०
National life
Shivam cement

काठमाडौं– गोरखाको आरुघाट गाउँपालिका–९ का वडा सदस्य शंकर माझीको अरिंगाल खोज्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ।

वडा–८ को लामबगरमा अरिंगालको गोला पोल्ने क्रममा मंगलबार राती रुखबाट लडेर वडा सदस्य माझीको मृत्यु भएको हो।

गोला पोल्न सिमलको रुखमा चढेका माझीले टेकेको हाँगो भाँचिएर भुइँमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले बताए। रुखबाट लडेर गम्भीर घाइते उनको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मंगलबार राती मृत्यु भएको हो।

प्रकाशित: Aug 30, 2023| 14:11 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्