मंगलबार, जेठ २६, २०८३

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाले ज्यान गुमाए

बेलौरीका चौधरीको करेन्ट लागेर र बेल्डाँडीका सार्कीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।
 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाका ७२ वर्षीय जनकलाल चौधरीको करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको छ।

National life

जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीका बुबा जनकलालको मंगलबार साँझ घरमा नुहाउने क्रममा करेन्ट लागेर घाइते भई धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले चौधरीको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरी आफन्तको जिम्मा लगाइएको बताए।

त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकमा मोटरसाइकल अनियन्त्रित भई एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। हुलाकी सडक खण्डको बेल्डाँडी गाउँपालिका–१ आनन्द टोलमा स्थानीय राधाकृष्ण टोलका २५ वर्षीय सुनिल सार्कीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

प्रहरी प्रवक्ता डाँगीले मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए।

Shivam cement

प्रकाशित: Aug 30, 2023| 13:20 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्