चीनले आफ्नो नक्सामा अरुणाचल प्रदेश अक्साई चीन र भारतका अरु कैयौं क्षेत्रलाई समावेश गरेपछि भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले नक्साको विषयमा चीनले बेतुकको दाबी गरेको भन्दै कडा विरोध जनाएका छन्।
केही दिन अघिमात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्री सी जिनपिङबीच भएको भेटमा सीमा विवाद सुल्झाउने विषयमा कुराकानी भएको थियो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले जारी गरेको नक्साका विषयमा भारतले कूटनीतिक माध्यमबाट विरोध जनाएको जानकारी दिए। 'यस किसिमको बेतुक दाबीलाई हामी खारेज गर्दछौं। चीनको यो कदमले सीमा विवाद सुल्झिनुको साटो झन् बल्झिने खतरा छ,' उनले प्रेस नोटमा भनेका छन्।