मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सुन तस्करी प्रकरणपछि विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सरुवा

सुन तस्करी प्रकरणपछि विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सरुवा

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०
National life
Shivam cement

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले सरुवा माग गर्दै सामूहिक रुपमा भन्सार विभागका महानिर्देशकलाई पत्र पठाएका छन्। भदौ १२ गते विमानस्थल भन्सार कार्यालयका २८ भन्सार अधिकृतसहित १३७ जनाले सामूहिक रुपमा सरुवा माग्दै पत्र पठाएका हुन्।

६० किलो सुन भन्सार छलेर जाँचपास भएको घटनापछि विभिन्न निकायबाट गरिएका अनुसन्धान र छानबिनको बहानामा आफूहरुलाई बिनाकारण दुःख दिएको, मानसिक रुपमा क्षतविक्षत बनाउने कार्यले कार्यालयमा रहेर कामकाज गर्न कठिनाइ भएको उनीहरुको भनाइ छ।

‘सो घटनामा दोषी जोकोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो दुईमत रहेन तर कर्तव्य पालनाको सिलसिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुन्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदै पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भई तोकिएको कार्यजिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ,’ विभागका महानिर्देशकलाई लेखिएको पत्रमा भनिएको छ।

प्रकाशित: Aug 30, 2023| 12:29 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्