आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जुवाखालबाटै पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटी बुझाएर छुटे

जुवाखालबाटै पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटी बुझाएर छुटे

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित सात जना जनही २५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन्। 
 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

काठमाडौं– गत ७ भदौमा पोखरा महानगर–८ सिर्जनाचोकस्थित होटल लक्ष्मीमा तास खेलिरहेका बेला जुवाखालबाटै प्रहरी पक्राउमा परेका गाउँपालिका अध्यक्ष २५ हजार धरौटी बुझाएर छुटेका छन्।

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित सात जना जनही २५ हजार रुपैयाँ धरौटीमा छुटेका हुन्। गाउँपालिका अध्यक्षसहित सातै जनालाई जनही २५ हजार धरौटीमा छाडिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए।

कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएका थिए। अध्यक्ष लालचनसहित पक्राउ परेका घोरपझोङकै सात जनाको साथबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद गरेको थियो।

प्रकाशित: Aug 30, 2023| 11:58 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्