मंगलबार, फागुन २६, २०८२

डेंगु संक्रमितको संख्या २० हजार नाघ्यो, १३ जनाको मृत्यु 

डेंगु संक्रमण हालसम्म ७५ जिल्लाका २० हजार १४५ जनामा पुष्टि भएको मन्त्रालयको विवरण।
 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

काठमाडौं– स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमितको संख्या २० हजार नाघेको विवरण सार्वजनिक गरेको छ। डेंगु संक्रमण हालसम्म ७५ जिल्लाका २० हजार १४५ जनामा पुष्टि भएको हो।

National life

हालसम्म १३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए।

पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेपछि संक्रमण दैनिक बढेको उनको भनाइ छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पारेपछि लार्भा बन्ने र त्यही लार्भा वयस्क भएसँगै मानिसलाई टोक्दा डेंगु फैलिने चिकित्सक दाहाल सुनाउँछन्। 

यो वर्ष जुलाईबाट बढ्न थालेको डेंगु संक्रमण सेप्टेम्बरसम्म उच्च विन्दुमा पुग्ने केन्द्रको प्रक्षेपण छ। पछिल्लो समय काठमाडौं उपत्यकामा पनि डेंगु संक्रमितको संख्या बढ्दै गएको दाहालले बताए। 

नेपालमा हाल डेंगुका चार वटा ‘सेरोटाइप्स’ पुष्टि भएका छन्। यो वर्ष धरानमा सेरोटाइप्स एक र तीन तथा धादिङमा सेरोटाइप्स दुई पुष्टि भएको छ। देशैभरि एक र दुई सेरोटाइप्सबाट धेरै बिरामी भएको महाशाखाले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 30, 2023| 11:02 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्