मंगलबार, जेठ २६, २०८३

विश्व बेपत्ताविरुद्धको दिवस मनाइँदै

सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्ति अझै सम्पर्कमा आएका छैनन्।
 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

काठमाडौं– राज्यपक्ष र विद्रोहीबाट बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा विश्व बेपत्ताविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।आज मानव अधिकार क्षेत्रमा कार्यरत संघसंस्थाले बेपत्ताविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाउन लागेका हुन्।

National life

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा सन् १९८१ देखि संयुक्त राष्ट्रसंघ र एमनेस्टी इन्टरनेसनलको सक्रिय भूमिकामा हरेक वर्षको अगस्त ३० तारिखमा विश्वभर यो दिवस मनाउन थालिएको हो।

दिवस मनाउने क्रमको सुरुआत ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट भएको हो। नेपालमा विगतमा भएको १० वर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र माओवादीबाट ठूलो संख्यामा नागरिक बेपत्ता पारिएका  थिए।

सशस्त्र द्वन्द्वपछि शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्ति अझै सम्पर्कमा आएका छैनन्।

अन्तर्राष्ट्रिय रूपमा कार्यरत मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनल, संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्च आयुक्तको कार्यालय, रेडक्रस अन्तर्राष्ट्रिय समितिजस्ता संस्थाले यसबारे विश्वव्यापी रूपमा अभियान सञ्चालन गरेर सरकार र विद्रोहीलाई दबाब दिँदै आएका छन्।

Shivam cement

प्रकाशित: Aug 30, 2023| 10:44 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्