डडेल्धुराको आलिताल गाउँपालिकामा एक वृद्धा झुण्डिएको अवस्थामा फेला परेकी छन्। वडा नम्बर ८ मौरी बस्ने जस्मादेवी कुँवर झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
प्रहरीका अनुसार जस्मादेवी घर नजिकै झुण्डिएको अवस्थामा भेटिएकी छन्। कुँवरको मानसिक अवस्थामा समस्या रहेको परिवारका सदस्यले प्रहरीलाई बताएका छन्। कुँवरलाई पोष्टमार्टमका लागि जोगबुडा अस्पताल लगिएको छ।