शनिबार, साउन ९, २०८३

गुडिरहेको जिपमा ढुंगा खस्दा ३ जनाको मृत्यु

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा ढुंगा खसेर सडकमा गुडिरहेको गाडीलाई पुर्दा तीन जनाको मृत्यु भएको छ। 

गाडीमा सवार अन्य ६ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवलतर्फ गइरहेको जिप आज बिहान ९:१५ बजेतिर दुर्घटनामा परेको हो। प्रहरीका अनुसार दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। उनीहरु गाडीको पछाडिको सिटमा बसेका थिए।

घाइतेहरुलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको छ।
 

प्रकाशित: Aug 30, 2023| 09:58 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्