पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा ढुंगा खसेर सडकमा गुडिरहेको गाडीलाई पुर्दा तीन जनाको मृत्यु भएको छ।
गाडीमा सवार अन्य ६ जना घाइते भएका छन्। गुल्मीको तम्घासबाट बुटवलतर्फ गइरहेको जिप आज बिहान ९:१५ बजेतिर दुर्घटनामा परेको हो। प्रहरीका अनुसार दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। उनीहरु गाडीको पछाडिको सिटमा बसेका थिए।
घाइतेहरुलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको छ।