बुधबार, असार २५, २०८२

टिकटक बनाउँदा बागमतीले बगायो

 |  बुधबार, भदौ १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

vianetvianet

बागमती नदीमा नुहाउँदै टिकटक बनाउन गएका एक युवक मंगलबार दिउँसो बगेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा रौतहटको माधवनारायण नगरपालिका-४ मानपुर माईदिया गाउँका सोगारत पासवानका २३ वर्षीय छोरा सुनिल पासवान छन्। 

नदीमा नुहाउन तीन जना गएका थिए। दुई जना सकुशल छन्। बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ। खोजीमा सशस्त्र र नेपाल प्रहरीको टोली खटिएको छ।

प्रहरीका अनुसार सुनिलसँगै उनका बहिनीज्वाइँ पवनकुमार पासवान र १२ वर्षीय सुदीपकुमार पासवान थिए। नदी नियन्त्रणका लागी बनाइएको स्पर नजिक पवन र सुनिल पौडी खेल्दै टिकटक बनाउदै थिए भने १२ वर्षीय सुदीप कम पानी भएको स्थानमा नुहाइरहेका थिए।

स्परको गहिरो छालमा परेर पवन अचानक डुब्न थालेपछि सुनिलले उद्धार गरेर बाहिर ल्याएका थिए। तर, सुनिललाई त्यही बेला छालले बगाएर बेपत्ता पारेको प्रहरीले जनाएको छ। टिकटक बनाउने क्रममा पानीको छालले लैजान्छ भन्ने दुवैलाई हेक्का नभएको प्रहरीको भनाइ छ।

प्रकाशित: Aug 30, 2023| 06:08 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्