मंगलबार, जेठ २६, २०८३

पेट दुखेकी बालिकाको मृत्यु भएपछि गुल्मी अस्पतालमा तनाव

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

मंगलबार गुल्मी अस्पतालमा उपचारका क्रममा ७ वर्षकी बालिका मृत्यु भएपछि भएको विषय छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।

National life

सोमबार अस्पतालमा ल्याइएकी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारको मृत्यु भएको थियो। बालिकाका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै प्रदर्शन गरेपछि मंगलबार दिनभर गुल्मी अस्पताल तनावग्रस्त बनेको थियो।

बालिकाको मृत्युपछि उत्पन्न समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको कार्यकक्षमा अस्पताल प्रशासन, पीडितका आफन्तबीच छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो।

समितिको सदस्यमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ, श्रृङ्गा स्वास्थ्य चौकीका प्रमुख डा. बिवेक खनाल, रेसुंगा नगरपालिकाका अधिकृत बिनोद मरासिनी र प्रहरी निरीक्षक किरण सापकोटा रहेका छन्।

समितिले बुधवार बिहान ८ बजे बालिकाको शब पोष्टमार्टम गरेर छानबिनको सुरुवात गर्ने भएको छ। बालिकाको मृत्युको छानबिन माग गर्दै आन्दोलनमा उत्रिएका दुई युवक जलेर घाइते भएका छन्।

Shivam cement

आन्दोलनमा उत्रिएका पीडित पक्षले प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै टायर बाल्ने क्रममा पेट्रोल शरीरमा लागेपछि अर्घाखाँची छत्रदेव गाउँपालिका–६ र ७ का लक्ष्मण पाण्डे र कृष्ण पौडेल जलेर घाइते भएको प्रहरीले जनाएको छ। एक्कासि पेट्रोल खनाएर बाल्ने क्रममा पाण्डे र पौडेलको शरीरमा परेर जलाउँदा घाइते भएका हुन्। उनीहरुलाई तम्घासमा सामान्य उपचार गरी थप उपचारको लागि पाल्पा लगिएको छ। उनीहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार हुँदैछ।

प्रकाशित: Aug 30, 2023| 06:06 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्