मंगलबार, जेठ २६, २०८३

सुनकाण्डका एक आरोपीसँग तीन देशको नागरिकता

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

काठमाडौं- ६० किलो सुन तस्करी प्रकरणमा समातिएका एक व्यक्तिको साथमा तीन वटा मुलुकको नागरिकता फेला परेको छ।

National life

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा १ भदौमा पक्राउ गरेका चिनियाँ नागरिक याओ पुचेङसँग भारत र नेपालको पनि नागरिकता फेला परेको हो।

उनको नेपाली नागरिकता काभ्रेबाट जारी भएको बताइएको छ। त्यसको आधारमा उनले राहदानी बनाएको पनि फेला परेको छ।

प्रहरीले उनको नागरिकताको विवरण माग्दै जिल्ला प्रशासन कार्यालय काभ्रेलाई पत्राचार समेत गरेको थियो। तर, काभ्रे प्रशासनले रेकर्ड फेला नपरेको जवाफ फर्काएको छ।


 

Shivam cement

प्रकाशित: Aug 30, 2023| 06:03 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्