मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अमेरिकाले फेरि दोहोर्‍यायो 'व्याख्यात्मक घोषणामा सहमत' भएको प्रतिबद्धता 

अमेरिकाले फेरि दोहोर्‍यायो 'व्याख्यात्मक घोषणामा सहमत' भएको प्रतिबद्धता 

 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

काठमाडौं- संयुक्त राज्य अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलर अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) कार्यान्वयनमा जानु अघिल्लो दिन मंगलबार फेरि नेपालको संसद्ले पारित गरेको व्याख्यात्मक टिप्पणीमा सहमत भएको प्रतिबद्धता दोहोर्‍याएको छ। 

National life

नेपालको संघीय संसद्को प्रतिनिधिसभाले २०७८ फागुन १५ मा १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसीलाई अनुमोदन गरेको थियो। सोही दिन बेलुकी काठमाडौंस्थित अमेरिकी दूतावासले उक्त अनुमोदनलाई लिएर स्वागत गरेको थियो।

नेपालमा बुधबारदेखि एमसीसी कार्यान्वयनमा जाँदैछ। त्यसअघि नेपालमा भइरहेको टीकाटिप्पणीलाई मध्यनजर गरेर अमेरिकी दूतावासले वक्तव्यमार्फत मंगलबार प्रतिक्रिया दिएको छ। ‘एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको थियो । हामी उक्त व्याख्यात्मक घोषणासँग सहमत छौं र नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ भन्ने लगायत कम्प्याक्टका सर्तहरुसम्बन्धी हाम्रो बुझाईसँग उक्त व्याख्यात्मक घोषणा सम्मत छ भन्ने हामीलाई लागेको छ,’ दूतावासको भनाइ छ।

नेपालको संसद्‌बाट अनुमोदन भएपछि एमसीसी मुख्यालयले पनि त्यसलाई लिएर स्वागत गरिसकेको छ। एमसीसी कार्यान्वयन चरणको कार्यक्रममा सहभागी हुन एमसीसीका उपाध्यक्ष क्यारुन एलफोर्ड मंगलबार काठमाडौं आइसकेका छन्। 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाका नेताहरुले एमसीसीको व्याख्यात्मक टिप्पणीबारे आशंका व्यक्त गर्दै अमेरिकाले स्वीकार नगरे सडकमा जानेसम्मको चेतावनी दिएका थिए। 

Shivam cement

प्रकाशित: Aug 29, 2023| 18:56 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्