बिहीबार, असार २६, २०८२

एमसीसी उपाध्यक्ष एलफोर्ड काठमाडौंमा

 |  मंगलबार, भदौ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

vianetvianet

काठमाडौं- अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार काठमाडौं ओर्लिएका छन्।

नेपालमा उर्जा र सडक पूर्वाधार विकासमा ५०० मिलियन अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी सम्झौता बुधबारदेखि कार्यान्वयनमा जाँदैछ। एमसीसी कार्यान्वयन चरणमा प्रवेश गर्ने कार्यक्रमका लागि उपाध्यक्ष एलफोर्ड नेपाल आएका हुन्। 

एमसीसी सम्झौता अनुसार ५ वर्षमा परियोजना सम्पन्न गर्नेगरी कार्यान्वयनमा जाने मिति भदौ १३ अर्थात् बुधबार रहेको छ। यस अनुसार अब २०८५ साल भदौ १३ भित्रमा उक्त परियोजना सक्नुपर्ने हुन्छ। त्यसैलाई लक्षित गर्दै परियोजना ‘इन्ट्री इन्टु फोर्स’ जाने मितिमा एमसीसीका सम्झौता कार्य–सञ्चालन सम्बन्धी उपाध्यक्ष एलफोर्ड काठमाडौं आएका हुन्।

यसैबीच एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत साना राजनीतिक दलका नेताहरूले भने एमसीसीको विरोध जनाउँदै आएका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार मात्रै एमसीसी सम्बन्धी व्याख्यात्मक टिप्पणी कार्यान्वयन हुने कुरा जनतालाई स्पष्ट पार्नुपर्ने बताएका छन्। 

सरकारी स्वामित्वको विद्युत् प्राधिकरणले यसअघि ४०० केभीको एउटा सीमापार प्रसारण लाइन बनाइरहेको छ। एमसीसी अनुदानसँगको परियोजनामा सरकारले थप गर्न लागेको अर्को प्रसारण लाइनले नेपालको विद्युत् निर्यातलाई बलियो बनाउने दिशामा सहायक हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनअघि काठमाडौंमा कार्यक्रममा बताएका थिए।

सम्झौताअनुसार सडक मर्मत आयोजनाको कार्यक्षेत्र पनि केही फेरबदल गरिँदै छ। अब ‘पेभमेन्ट रिसाइक्लिङ’ कार्य सीमित परीक्षणबाट करिब ४० किमिसम्म विस्तार हुने छ। यसअघि बढीमा ३०५ किमि आवधिक सडक मर्मत कार्य गर्ने योजना बनाइएकामा अब ९० किमि सडकमा उक्त कार्य गरिनेछ। आयोजनाअन्तर्गत राष्ट्रिय राजमार्ग सञ्जालको कुल १३० किमि सडकमा काम गरिनेछ।

प्रकाशित: Aug 29, 2023| 17:32 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्