मंगलबार, जेठ २६, २०८३

चन्द्रमाको सफलतापछि सूर्यमा यान पठाउँदै भारत

 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

चन्द्रयान–३ को सफलतापछि भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (ईसरो) ले आदित्य एल–१ मिसन सेप्टेम्बर २, २०२३ मा श्रीहरिकोटाबाट बिहान ११:५० बजे प्रक्षेपण गर्ने जानकारी दिएको छ। ईसरोका अनुसार यो सूर्यको अध्ययनका लागि भारतको पहिलो अन्तरिक्ष अभियान हो।

National life

ईसरोले यो अन्तरिक्ष यानको सूर्य–पृथ्वी प्रणालीको ल्यांग्रेज बिन्दु (एल १) को चारैतर्फ र एक प्रभामण्डल कक्षमा पठाइने जनाएको छ। यो पृथ्वीबाट लगभग १५ लाख किलोमिटर टाढा रहेको छ।

‘एल १ बिन्दु र प्रभामण्डल कक्षमा एक उपग्रह राख्नुको प्रमुख फाइदा भनेको त्यसले बिना कुनै ग्रहण सूर्यलाई लगातार हेर्न सक्छ। यसबाट वास्तविक समयमा सौर्य गतिविधि र अन्तरिक्ष मौसममा यसको प्रभावलाई अध्ययन गर्न अधिक लाभ प्राप्त हुनेछ,’ ईसरोको भनाइ छ।

अन्तरिक्ष यान सातवटा पेलोड लिएर जानेछ। यसले फोटोस्फेयर, क्रोमोस्फेयर र सूर्यको सबैभन्दा बाहिरी भागको अध्ययन गर्नेछ। २३ अगस्तमा चन्द्रयान–३ को सफलतापछि प्रधानमन्त्री नरेन्द्र मोदीले सूर्य अभियानको घोषणा गरेका थिए।

प्रकाशित: Aug 29, 2023| 16:59 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्