बिहीबार, वैशाख २०, २०८१

कम्युनिष्ट एकता ढोंग र अभिनयको निरन्तरतामात्रै

प्रचण्ड, बाबुराम, माधव र उपेन्द्रले समाजवादी मोर्चाको नाममा क्षयीकरणमा पर्दै गएको आफ्नो शक्ति जोगाउन खोजेका छन्। यी सबैलाई प्रतिगामी देख्ने नेत्रविक्रम चन्द विप्लव आज कम्युनिष्ट एकताको कुरा गरिरहेका छन्।
 |  बिहीबार, भदौ १४, २०८०

भानु बोखिम

भानु बोखिम

बिहीबार, भदौ १४, २०८०

सिद्धान्त र दर्शनको अपव्याखा गरेर राजनीतिक दलका नेताहरु आफू सधैं चोखिन खोज्छन्। यस्तो सोच, आचरण र संस्कार उपल्लो तहको नेतामा मात्र सीमित छैन। आफ्नो दलमा आवद्ध सबैलाई प्रशिक्षित गर्दै लगेका छन्। अपव्याख्या कसरी गर्छन् ? एक उदाहरणको रुपमा रोल्पाको कथालाई उद्धृत गर्न चाहन्छु।

triton college

भूकम्पलगत्तै म रोल्पा पुगेको थिएँ। सामान्यतया कामको सिलसिलामा साता, दश दिन काठमाडौं बाहिर जाँदै, फर्किंदै गर्नु नौलो थिएन। त्यो क्रममा म पहिले नै रोल्पा दुई पटक पुगिसकेको थिएँ। तर २०७२ सालको भूकम्पपछि चाहिँ रोल्पा दुई महिना बस्ने गरी जानुपर्ने भयो। पछि कामको तारतम्य नमिलेर झण्डै पाँच महिना बस्नुपर्यो। बसाइको क्रममा रोल्पाको गाउँबस्तीको भ्रमण गर्नु कामको जिम्मेवारीभित्र नै पर्थ्यो। त्यही क्रममा घर्तीगाउँ पुगियो। घर्तीगाउँमा पहिले बहुविवाहको प्रचलन रहेछ। नयाँ पुस्तामा यो प्रचलन नदेखिए पनि बहुविवाह गरेका प्रशस्तै भेटिन्थे। मैले बहुविवाह गर्ने तीन जना पुरुषसँग कुरा गरें। बहुविवाहको सामाजिक, सांस्कृतिक तथा आर्थिक आयाम बुझ्ने हिसाबले ती व्यक्तिहरुसँग कुराकानी भएको थियो। तीमध्ये दुई जनाले गाउँघरमा यस्तै चलन थियो, लहलहैमा गरियो भने। यो एक किसिमको त्यहाँको सामाजिक वा सांस्कृतिक पक्षसँग जोडिन्थ्यो। तर एकजनाले भने आफ्नो बहुविवाहलाई मार्क्सवादसँग जोडेर रमाइलो तर्क गरे।

त्यो व्यक्तिको नाम याद रहेन। तर उनी थिए विप्लव माओवादीका एरिया इञ्चार्ज। राजनीतिक परिदृश्यमा त्यो बेला विप्लव माओवादी इतिहास बोकेका मध्ये क्रान्तिकारी धारका थिए। दश वर्षे युद्ध लडेको माओवादीको मूल धार त्यो बेला सरकारमा थियो। पहिलो संविधानसभा विघटन भएपछि माओवादीको एक धार मोहन वैद्यको नेतृत्वमा टुक्रिएको थियो। प्रचण्ड र बाबुरामलाई सत्तोसराप गर्ने वैद्यको समूह अरुको नजरमा क्रान्तिकारी थिए। तर वैद्यसँग असन्तुष्ट भएर छुट्टिएका विप्लवको समूहमा कम्युनिष्टको सपना, लक्ष्य र गुणको आधारमा विश्लेषण गरिन्थ्यो। तिनकै कार्यकर्ताले रोल्पाको घर्तीगाउँमा आफ्नो बहुविवाहलाई मार्क्सवादको द्वन्द्वात्मक भौतिकवादसँग जोडेर हसाँएका थिए।

तत्कालिन ती विप्लवका कार्यकताको भनाइअनुसार उनी १८ वर्षको हुँदा २० वर्षको केटीसँग मागी विवाह भयो। यो विवाह उनको बुबाले गरिदिएका थिए। सुरुमा सबै ठिकठाक थियो। तर विवाह गरेको समय बित्दै जाँदा श्रीमतीसँग द्वन्द्व हुन थाल्यो। उनले द्वन्द्व विचार नमिलेका कारण भएको महसुस गरे। विचार किन मिलेन भन्दा श्रीमती उनको रोजाइको नपरेर भएको थियो। श्रीमती उनको भए पनि रोजाइ बुबाको थियो। बुबाले मन परेपछि जवरजस्ती बुहारीको रुपमा उनलाई भित्र्याएका थिए। उनले मार्क्सवादअनुसार त्यहाँ अन्तरविरोध पैदा भएको बताए। विवाह आफ्नो रोजाइमा हुनुपर्थ्यो। तर बुबाको जिद्दी र रहर हावी भयो। उनका अनुसार बाबु सामन्तको रुपमा प्रकट भएर छोराको चाहनाको दमन गरेका थिए। दमनको विरुद्ध प्रतिरोध हुन्छ। प्रतिरोधले क्रान्तिको रुप लिन्छ। आफ्नो रोजाइमा हुने विवाह बुबाको रोजाइ कसरी हुन्छ ? यही सोचेर उनले क्रान्तिस्वरुप वा बुबासँग प्रतिरोध गर्न दोश्रो विवाह गरे। क्रान्ति गर्नेलाई निरन्तरता दिन मन लाग्छ। त्यही निरन्तरतास्वरुप तेश्रो विवाह पनि गरे। यसरी उनले गरेका तीनवटा विवाहलाई मार्क्सवादको लेप लगाएका थिए।

ती कार्यकर्ताले आफूले जानेको सिद्धान्तको लेप ठट्टाको रुपमा लगाएका थिए। उनले गरेको कुरा गम्भिर तर्क वा आफू सही छु भन्ने तर्क भने थिएन। तर उनले ख्यालख्यालमै हाम्रा राजनीतिज्ञहरुको चरित्रलाई उदांगो पारिदिएका थिए। उनले ठट्टाको रुपमा गरेको कुरालाई अन्य नेताले गम्भीर रुपमा बताइरहेका हुन्छन्। यसको अर्थ उनी साँचो बोलिरहेका भने हुँदैन। आफू सही रहेको ढोंग र अभिनयमात्र गरिहेका हुन्छ। यही ढोंग र अभिनय केही नेता र दल समाजवादी मोर्चा र कम्युनिष्ट एकताको नाममा गरिरहेका छन्।

corrent noodles
Metro Mart

प्रचण्ड, बाबुराम, माधव र उपेन्द्रले समाजवादी मोर्चाको नाममा क्षयीकरणमा पर्दै गएको आफ्नो शक्ति जोगाउन खोजेका छन्। यी सबैलाई प्रतिगामी देख्ने नेत्रविक्रम चन्द विप्लव आज कम्युनिष्ट एकताको कुरा गरिरहेका छन्।

अहिले विभिन्न दल र खेमामा विभाजित कम्युनिष्टहरु एक ठाउँमा आउन खोजिरहेका छन्। उनीहरुमध्ये कतिले एकताको सूत्र समाजवादलाई बनाएका छन्। धेरैले कम्युनिष्ट आन्दोलनका रक्षा भनेका छन्। यी दुवैको उद्देश्य देश र जनताको हित हो। देश र जनताको हित समाजवाद र कम्युनिष्ट दर्शन र सिद्धान्तले गर्ला कि नगर्ला ? मानिसको पृष्ठभूमि र विचारअनुसार यसको समर्थन र विरोध दुवै होला। तर कुनै सिद्धान्त र दर्शनप्रति निष्ठा छ कि निष्ठा भएको भएको अभिनय मात्र गरिँदैछ ? यो कुराले परिणाममा फरक परेर लग्छ। यो देशको कम्युनिष्टको जीवन पद्धत्ति सरल र सामान्य त छैन नै। सत्तामा गएको बेला उनीहरुको नीति, कार्यक्रम पनि समाजवाद लक्षित छैन। विभेदकारी र हचुवाको तालमा बनेको योजनाले समाजवाद ल्याउँदैन। समाजवाद वा कम्युनिष्ट एकता फगत सीमित नेताको स्वार्थको लागि हो।

विभिन्न दल र समूहमा विभाजित कम्युनिष्टहरुको उद्‍गम थलो एउटै हो। यिनीहरुको विभाजन कुनै सिद्धान्त वा दर्शनको कारण भएको हैन। स्वार्थ र स्वार्थको कारण सिर्जित टकरावको कारण भएको हो। भलै यिनले विभाजनको रेखा कोर्दै गर्दा पनि देश र जनताको हित हुने नारा अलापे। आज एकताको निम्ति पनि त्यही नारा अलाप्दै छन्। समय, काल र परिस्थितिमा खास परिवर्तन नआई विभाजन र एकता दुवै ठिक भन्ने तर्क मान्य हुँदैन। यो भनेको आफूले बहुविवाह गरेर दोष बुबालाई थोपर्ने रोल्पाली कामरेडको तर्क जस्तै भयो। मार्क्सवादको लेप लगाएर जसरी बुबाप्रति दोषा र महिलाप्रति अपमान गरे, हाम्रो कम्युनिष्टको चाला त्यस्तै देखिएको छ। यिनीहरुले जनताको नाममा निरन्तर जनतालाई अपमान गर्दै आएका छन्।

प्रचण्ड, बाबुराम, माधव र उपेन्द्रले समाजवादी मोर्चाको नाममा क्षयीकरणमा पर्दै गएको आफ्नो शक्ति जोगाउन खोजेका छन्। यी सबैलाई प्रतिगामी देख्ने नेत्रविक्रम चन्द विप्लव आज कम्युनिष्ट एकताको कुरा गरिरहेका छन्। यसको मतलब उनले प्रतिगामी देखेका नेताहरु प्रगतिशील भएका हैनन्। विप्लव स्वयंको कम्युनिष्ट दर्शनबाट विश्वास उड्दै गएको हो। अथवा उनलाई पनि प्रतिगामीले भोगेको सत्ता र शक्तिको सुविधाले आकृष्ट गरेको हो। उनले आफ्नो स्वार्थलाई जनता र देशको हित बताउनु आम नेताको चरित्र प्रतिविम्वित भएको मात्र हो। वास्तवमा नेताले कति देश र जनताको हित सोच्छन् ? यसको उत्तर अरु देशकै नागरिक हुन तयार भएर देश छोड्दै गरेका जनताको पलायनबाट थाहा हुन्छ। वा बेरोजगारी समस्याबाट बच्न अन्य देशमा पसिना बगाइरहेको जनताको कथाले प्रस्ट्याउँछ।

राजनीतिभित्र मौलाएको ढोंग र अभिनय डरलाग्दो समस्या हो। आज भ्रष्टचार, बेथिति र त्यसको जन्माएको निरासा जुन तहमा छ, त्यो भविष्यमा अझ बढेर जानेछ। यस्तोमा कुनै विचारधारा मिलेको दल मिल्नुले उनीहरुको शक्ति बढ्ला, तर त्यो शक्ति देश र जनाको हितमा प्रयोग हुने सम्भावना अति न्यून हुन्छ।

प्रकाशित: Aug 31, 2023| 08:44 बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्