मंगलबार, जेठ २६, २०८३

बागलुङमा फल्यो ६० हजार टन आलु

 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

बागलुङ- बागलुङमा एक वर्षमा ६० हजार मेट्रिक टन आलु उत्पादन भएको छ। कृषि ज्ञान केन्द्र बागलुङका अनुसार एक वर्षमा हिउँदे र बर्खे बाली गरेर ५९ हजार ६ सय ५० मेट्रिक टन आलु उत्पादन भएको छ।

National life

केन्द्रले आलु प्रबद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि ‘आलु जोन’ कार्यक्रम सञ्चालन गरेपछि आलुको उत्पादन बढेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए। उनका अनुसार पछिल्लो समय निर्वाहका लागि आलु उत्पादन गर्ने यहाँका किसानले व्यावसायिक रुपमा आलु खेतीमा छन्।

गत आर्थिक वर्षमा आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गरी उत्पादन वृद्धिमा सहयोग गरेको ज्ञान केन्द्रले चालु वर्षमा रु तीन करोड ६० लाख बजेट बिनियोजन गरेको छ। ज्ञान केन्द्रको लागि बिनियोजित कुल बजेटको झन्डै आधा बजेट आलु प्रवर्द्धका लागि छुट्याइएको छ। चालु आर्थिक वर्षमा ज्ञान केन्द्रको लागि रु आठ करोड ६ लाख ४८ हजार विनियोजन गरेको छ।

यहाँ कृषि ज्ञान केन्द्रबाहेक स्थानीय सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि आलुखेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका छन्। आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई आलुको बीऊ, कृषि औजारदेखि बजारीकरणमा सहयोग पुर्‍याइने कृषि ज्ञान केन्द्र बागलुङका बागबानी विकास अधिकृत कुमार पुनले बताए।

‘कृषकलाई आलुको बिऊ उपलब्ध गराउँछौँ, सिँचाइका सामग्री र उपकरण पनि सहयोग गर्छौँ’, पुनले भने, ‘उत्पादित आलुको बजारीकरणमा पनि सहयोग पुर्‍याउँछौँ।’ गत वर्ष बागलुङमा तीन हजार छ सय ५५ हेक्टर जमिनमा आलु खेती गरिएको थियो। किसानले उत्पादित आलुमध्ये ३० प्रतिशत खानका लागि र ७० प्रतिशत आलु बिक्री गरिरहेका छन्।

Shivam cement

प्रकाशित: Aug 29, 2023| 21:41 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्