मंगलबार, जेठ २६, २०८३

बलात्कार आरोपमा दुई जना पक्राउ

उदयपुरमा ५८ वर्षीया महिला र भक्तपुरमा १७ वर्षीया किशोरी बलात्कार आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०
National life
Shivam cement

काठमाडौं– प्रहरीले उदयपुरकी ५८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–१ बेलसोतका २५ वर्षीय जयबहादुर खपांगी मगरलाई पक्राउ गरेको छ। मगरले ती महिलालाई आइतबार राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

भक्तपुरकी १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा काठमाडौं नरेफाट बस्ने इलाम नगरपालिका–९ घर भएका ५२ वर्षीय सूर्यबहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

भण्डारीले ती किशोरीलाई सूर्यविनायक नगरपालिका–९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Aug 29, 2023| 14:08 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्