मंगलबार, फागुन २६, २०८२

मानिसको दिमागबाट निकालियो जिउँदै किरा

 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

अष्ट्रेलियामा एक महिलाको मस्तिष्कबाट जिउँदै किरा निकालिएको छ। वैज्ञानिकहरुले ती महिलाको दिमागबाट आठ सेन्टिमिटर लामो किरा जिउँदै निकालेका हुन्।

National life

यो घटना विश्वमै पहिलो पटक भएको बताइएको छ। गत वर्ष क्यानबेरामा भएको ती महिलाको सर्जरीका क्रममा दिमागको अगाडिको भागबाट तारजस्तो देखिने वस्तु निकालिएको थियो। अहिले भने रातो रंगको जिउँदै किरा निकालिएको हो।

यो घटनाले जनावरबाट मानिसमा कसरी रोग फैलिन सक्छ भन्ने खतरनाक संकेत गरेको वैज्ञानिकहरुले बताएका छन्। क्यानबेरा अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर सञ्जया सेनानयेकले बीबीसीसँग भने, 'डाक्टरहरुले ती महिलाको मस्तिष्कमा एउटा असामान्य चिज देखे। त्यसलाई निकालेर हेर्दा आठ सेन्टिमिटर लामो रातो रंगको किरा देखियो। अपरेसन थिएटरमा रहेका सबै आश्चर्यचकित भए। यो एकदमै नयाँ संक्रमण हो। कुनै पनि मानिसमा अहिलेसम्म यस्तो संक्रमण भएको इतिहास छैन।'

डाक्टरहरुका अनुसार यस्तो खालको किरा सामान्यतया अष्ट्रेलियामा पाइने कार्पेट पायाथोन नामक सर्पमा पाइन्छ। ती महिलाले यस्तो सर्प पाइने पोखरी आसपास उत्पादन भएको सागसब्जी खाएको र उनको दिमागमा यस्तो किरा पुगेको अनुमान छ।

ती महिलालाई २०२१ को अन्त्यतिर अस्पताल भर्ना गरिएको थियो। अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Aug 29, 2023| 13:57 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्