बिहीबार, असार २६, २०८२

टिपरको ठक्करबाट मारिए डाक्टर

कनकाई हस्पिटल बिर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादव सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मृत्यु भएको हो।
 |  मंगलबार, भदौ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

vianetvianet

काठमाडौं– झापाको कनकाई हस्पिटल बिर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ।

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार डाक्टर यादवको आज बिहान पूर्व–पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो।

डा. यादव सवार प्र१–०२–०५२प४२४१ नं को मोटरसाइकललाई प्र–३–००१ क ००९५ नं को ट्रिपरले ठक्कर दिँदा घाइते भएपछि मंगलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा मृत्य भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। एमबीबीएस डा. यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए। घर पुगेर हस्पिटलको ड्यिुटीमा फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन्।

प्रकाशित: Aug 29, 2023| 17:46 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्