मंगलबार, जेठ २६, २०८३

टिपरको ठक्करबाट डाक्टरको मृत्यु

 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०
National life
Shivam cement

मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल बिर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार उनको आज बिहान पूर्व–पश्चिम राजमार्गको मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो।

यादव सवार प्र १–०२–०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र–३–००१ क ००९५ नं को ट्रिपरले ठक्कर दिँदा उनी घाइते भएपछि मंगलबारेस्थित मदन भण्डारी अस्पतालमा उपचारकै क्रममा मृत्य भएको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एमबीबीएस डाक्टर यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए। घर पुगेर हस्पिटलको ड्युटीमा फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन्।

प्रकाशित: Aug 29, 2023| 12:47 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्