शनिबार, असार २८, २०८२

ट्रक पल्टिँदा मरे १७ भैंसी

 |  मंगलबार, भदौ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

vianetvianet

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती १६ चालिस किलो भन्ने स्थानमा ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन्।

कपिलवस्तुको चन्द्रौटाबाट काठमाडौं जाँदै गरेको ना ४ ख ९२२७ नं. को ट्रक आज बिहान सवा ६ बजे खाल्डोमा परी पल्टिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

भैंसी र पाडा लोड गरी ल्याएको ट्रक पल्टिएको हो। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 29, 2023| 10:28 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्