मंगलबार, जेठ २६, २०८३

मेजरको अवस्था अझै अज्ञात

 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०
National life
Shivam cement

डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स ब्यारेक भदालेका प्रमुख मेजर विमल पण्डितको अवस्था अझै अज्ञात छ। आइतबार साँझदेखि बेपत्ता भएका पण्डितको बारेमा अहिलेसम्म कुनै क्लु भेटिएको छैन।

मेजर पण्डित सदरमुकाम दुनैबाट सार्वजनिक जिप रिजर्भ गरेर त्रिपुराकोट हिँडेको र त्यसपछि सम्पर्कविहीन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए। 

त्रिपुरा, लिपु, खोदाङलगायत क्षेत्रमा उनको खोजी भइरहेको छ। उनको खोजीमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन्। मेजर पण्डितको स्थायी घर काठमाडौं हो। 
 

प्रकाशित: Aug 29, 2023| 09:47 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्