शनिबार, असार २८, २०८२

कटुवा पेस्तोलसहित सुनसरीबाट एक जना पक्राउ

 |  मंगलबार, भदौ १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

vianetvianet

सुनसरी- सुनसरीको बर्जु गाउँपालिका-६ बेलाहा टोल बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले एकथान कटुवा पेस्तोल र एक राउण्ड गोलिसहित पक्राउ गरेको छ।

ती किशोरले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले आइतबार राति उनको कोठाबाट उक्त पेस्तोल र गोली बरामद गरेको थियो। 

गएराति फरार ती किशोरको खोजी गर्ने क्रममा बर्जु गाउँपालिका-५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Aug 29, 2023| 10:12 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्