मंगलबार, जेठ २६, २०८३

ललितपुरको एक कन्सल्टेन्सीमा आगलागी हुँदा ४५ लाखको क्षति

 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०
National life
Shivam cement

काठमाडौं- ललितपुर महानगरपालिका–२० कुमारीपाटीस्थित सुनाकोठीस्थित एक कन्सल्टेन्सीमा सोमबार आगलागी हुँदा झण्डै ४५ लाखको क्षति भएको छ। 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले स्थानीय ४० वर्षीय पुष्पराज पौडेलको एजुकेसनल कन्सलटेन्सी नेटवर्क प्रालिमा विद्युत् ‘सर्ट’ भई आगलागी भएको जानकारी दिए। 

आगलागीबाट फर्निचरका विभिन्न सामान र १४ थान कम्प्युटर गरी करिब ४४ लाख ९० हजार बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए। 
 

प्रकाशित: Aug 29, 2023| 09:02 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्