मंगलबार, जेठ २६, २०८३

बैंकिङ कसुर मुद्दामा काठमाडौंबाट एक जना पक्राउ 

 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०
National life
Shivam cement

काठमाडौं- बैङ्किङ कसुर मुद्दामा नुवाकोट घर भई काठमाडौँको तारकेश्वर–१० बस्ने ३८ वर्षीय सन्तोष घले पक्राउ परेका छन्। 

बैङ्किङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भई फरार रहेकामा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँबाट खटिएको प्रहरी टोलीले सोमबार उनलाई पक्राउ गरेको हो।

काठमाडौँको छाउनीबाट पक्राउ परेका उनलाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रकाशित: Aug 29, 2023| 08:47 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्