मंगलबार, जेठ २६, २०८३

मौसमको अवस्था के छ आज ?

 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०

हाल कोशी, मधेश बागमती प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

National life

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान  छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदको स्थानभन्दा उत्तरमा अवस्थित रहे पनि केही दिन भारी वर्षाको सम्भावना भने नरहेको महाशाखाको भनाइ छ।

Shivam cement

प्रकाशित: Aug 29, 2023| 07:08 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्