शनिबार, साउन ९, २०८३

बझाङमा आमाछोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ

 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

बझाङ- बझाङमा गत मंगलबार राति सुतिरहेका आमाछोरामाथि छुरा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

बझाङ सदरमुकाम चैनपुरको प्रशासन रोडस्थित चौगाउँटोलमा भएको उक्त घटनामा तीन जना घाइते भएकोमा घटनामा संलग्न कैलाली जिल्ला कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका उनले प्रहार गरेको छुराबाट चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता बिक र उनका छोराहरू ७ वर्षीय आदित्य र ४ वर्षीय एबल बिक घाइते भएका थिए। चौधरीले अपराधमा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन्।

राति १२ बजेतिर अनुहार मास्कले ढाकेर लुटपाट गर्ने उद्देश्यले कोठाभित्र छिरेको र मान्छेले आफू पसेको थाहा पाएपछि छुरा प्रहार गरेको चौधरीले प्रहरीसमक्ष बताएका छन्। उनलाई कैलालीस्थित उनकै घरबाट पक्राउ गरिएको बझाङ जिल्लाका प्रहरी प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए। 

चक्कु प्रहारबाट घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। छुरा प्रहारबाट आमाको घाँटी र छातीमा चोट लागेको छ। बच्चाहरूको अनुहार, छाती, घाँटी र पिठ्यूँमा चोट लागेको छ।

प्रकाशित: Aug 28, 2023| 21:19 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्