आइतबार, मंसिर १७, २०८०

गोरखा नगरपालिकामा मोतियाबिन्दुको निःशुल्क उपचार

 |  सोमबार, भदौ ११, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

गोरखा- गोरखा नगरपालिकाले मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने भएको छ। नगरपालिकाले लायन्स आँखा सेवा केन्द्र गोरखासँगको सहकार्यमा आँखाको उपचार र मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए। ‘यसअघि मोतियाबिन्दुको शल्यक्रिया गर्दा  चार हजार खर्च हुन्थ्यो भने अब निःशुल्क शल्यक्रियाको सुविधा उपलब्ध गराइएको छ’, उनले भने।

sagarmatha cement

नगरवासीले शल्यक्रिया गर्दा लाग्ने सबै खर्चसँगै चश्मा र औषधि पनि निःशुल्क उपलब्ध गराइनेछ। नगरवासीलाई स्वास्थ्य सेवा कार्ड पनि उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको छ। तर तत्कालका लागि भने स्थायी बसोबासको प्रमाण खुल्ने कागजपत्रका आधारमा उक्त सुविधा लिन पाइने नगरपालिकाले जनाएको छ।

‘स्वास्थ्य कार्ड उपलब्ध नहुँदासम्म नगरवासी भएको परिचय खुल्ने सरकारी कागजपत्र नागरिकता, मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, जन्मदर्ता, सवारी चालक अनुमतिपत्र, बसाइँसराइ पत्र वा विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि निःशुल्क सेवा लिन पाउनेछन्’, नगरप्रमुख रानामगरले भने।

मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने नगरवासीका लागि निःशुल्क शल्यक्रिया सहितको उपचारका लागि नगरपालिकाले सेवा केन्द्रलाई चालु आर्थिक वर्षमा रु पाँच लाख उपलब्ध गराउने नगरप्रमुख रानामगरले बताए। ‘नगरपालिकाले विनियोजन गरेको रकम आवश्यक प्रक्रिया पूरा गरेर केन्द्रको खातामा उपलब्ध गराइनेछ’, उनले भने। गोरखा नगरपालिका–६, स्थित अस्पतालचोकमा रहेको लायन्स आँखा सेवा केन्द्र गोरखाले विगत १९ वर्षदेखि सेवा दिँदै आएको छ।

प्रकाशित: Aug 28, 2023| 22:23 सोमबार, भदौ ११, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कपाल झर्ने समस्याबाट छुटकारा पाउन के गर्ने?

कपाल झर्ने समस्याबाट छुटकारा पाउन के गर्ने?

केटा होस् वा केटी, कालो बाक्लो कपाल होस् भन्ने चाहना सबैमा हुन्छ। तर, आजको अस्वस्थ जीवनशैली, गलत खानपान र प्रदूषित वातावरणका कारण कपाल झर्ने समस्या...
भूकम्प प्रभावित क्षेत्रमा अझै सहज हुन सकेन पठनपाठन

भूकम्प प्रभावित क्षेत्रमा अझै सहज हुन सकेन पठनपाठन

साथीको मृत्यु, भूकम्पको डर त्रासले विद्यार्थी झन् एकोहोरो हुने, पढ्न मन नगर्ने, विद्यालमा उपस्थित भएको केही समयमै घर जान खोज्ने, टोलाउनेजस्ता समस्या विद्यार्थीमा हुने गरेको...
'जोडबल गरे अन्त्य हुन सक्छ एड्स २०३० सम्ममा'

'जोडबल गरे अन्त्य हुन सक्छ एड्स २०३० सम्ममा'

नेपालमा एचआइभी संक्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र रोजगारीका लागि विदेशिने युवाहरू रहेका छन्।
विद्यार्थीको पढाइ सुधार्न घरघरमा शिक्षक

विद्यार्थीको पढाइ सुधार्न घरघरमा शिक्षक

नमूना विद्यालयका रुपमा स्थापित भएको पब्लिक उच्च माविले विद्यालयको शैक्षिक स्तरलाई थप उकास्न घरदैलो अभियान सुरु गरेको हो।