सोमबार, वैशाख २९, २०८२

वनको पानी बेचेर गजबको आम्दानी

सामुदायिक वनको बीच भागमा चट्टान छिचोल्दै निस्केको पानी प्रशोधन गरी २० लिटरको जार, एक लिटर र आधा लिटरको बोतलमा बिक्री हुँदै आएको छ।
 |  सोमबार, भदौ ११, २०८०
nespernesper

हरिप्रसाद बास्तोला

हरिप्रसाद बास्तोला

सोमबार, भदौ ११, २०८०

vianetvianet

गण्डकी- सामुदायिक वनबाट रुख र जडीबुटीमात्र नभई अन्य प्राकृतिक स्रोतको उपयोग गरी रोजगारी सिर्जना तथा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, पोखरास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूह। 

triton college

पोखरा महानगरपालिका-२५ हेम्जास्थित उक्त समूहले सामुदायिक वनको पानी बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको छ। समूहले ‘फुर्केटारी एक्युफेर’ प्रशोधित पानी बिक्रीबाट गत आर्थिक वर्ष २०७९/८० मा एक करोड ३७ लाख आम्दानी गरेको समूहका महभिरखोला प्राकृतिक खानेपानी प्रालिका अध्यक्ष मित्रलाल त्रिपाठीले जानकारी दिए।

सामुदायिक वनको बीच भागमा चट्टानलाई छिचोल्दै निस्केको पानीलाई प्रशोधन गरी कम्पनीले २० लिटरको जार, एक लिटर र आधा लिटरको बोतलमा बिक्री गर्दै आएको छ। उक्त पानी स्थानीय बजारका साथै गण्डकी प्रदेश सरकारका सम्पूर्ण मन्त्रालयसहित ३५ वटा सरकारी कार्यालयमा समेत खपत हुँदै आएको अध्यक्ष त्रिपाठीले जानकारी दिए। सामुदायिक वनको मूलको पानी शुद्ध र स्वादिलो भएकाले पनि माग बढ्दो रहेको उनको भनाइ छ।

पानी प्रशोधनका लागि समूहले प्रतिघण्टा तीन हजार लिटर पानी शुद्धीकरण गर्ने क्षमता भएको उद्योग स्थापना गरेको छ। त्रिपाठीका अनुसार गत आवमा २० लिटर क्षमताका एक लाख ८३ हजार तीन सय ७५ वटा जार बिक्री गरिएको थियो। साथै एक लिटरको बोतल भरिएका ३१ हजार आठ सय ३४ कार्टुन र आधा लिटरका बोतलले भरिएका दुई हजार दुई सय १२ थान कार्टुन बिक्री गरिएको थियो। 

दुई करोड ५० लाख लगानीमा सञ्चालन गरिएको पानी उद्योगमा १४ जनाले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरेका छन्। कम्पनीले तीन वटा गाडीमार्फत बजारमा पानी आपूर्ति गर्दै आएको छ। गत आवमा पानी उद्योग सञ्चालनमा ६६ लाख ५१ हजार खर्च भएको थियो भने उद्योगको प्रशासनिक खर्चमा ५४ लाख ७१ हजार लागेको थियो। 

National life insurance

‘उपभोक्ताको सक्रियतामा खानेपानीका लागि चार किलोमिटरको दूरीबाट दुई इञ्चको पाइपमार्फत ल्याइएको पानी यतिखेर उद्योगमा परिणत भएको छ’, अध्यक्ष त्रिपाठीले भने, ‘वनको संरक्षण, संवर्धनसँगै सम्भाव्यता अध्ययनका आधारमा प्राकृतिक स्रोतलाई उपयोग गर्ने हो भने रोजगारसहित आम्दानीका लागि युवा वर्गलाई विदेशिनु पर्दैन।’

सामुदायिक वनको बीच भागमा चट्टानलाई छिचोल्दै निस्केको पानीलाई प्रशोधन गरी कम्पनीले २० लिटरको जार, एक लिटर र आधा लिटरको बोतलमा बिक्री गर्दै आएको छ।

फुर्केटारी सामुदायिक वन समूहका अध्यक्ष एवं व्यावसायिक पानी उद्योग सञ्चालक समितिका सल्लाहकार उमानाथ त्रिपाठीका अनुसार वन समूहको ५० हजार र ५९ जना उपभोक्ताबाट २५ हजारदेखि पाँच लाखसम्मको सेयर लगानीमा पानी उद्योग सञ्चालन गरिएको हो। 

कम्पनीले जार ५० र एक लिटर बोतल भएको कार्टुन एक सय ५० र आधा लिटरको बोतलको कार्टुन दुई सय ४० रुपैयाँमा बिक्री गर्दै आएको वन समूहका सचिव रमा त्रिपाठीले बताइन्। 

उनका अनुसार २८ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यका साथ पानी व्यवस्थापन, घुम्ती कोष परिचालन, वन गोडमेल, बेमौसमी तरकारी खेती, खानेपानी तथा मुहान संरक्षण र डिप बोरिङ सञ्चालन उपसमिति निर्माण गरिएको छ। तरकारी खेतीमा प्रयोग भएको पानी जार र बोतलमा राखेर बजारमा बिक्री गर्न सुरु गरेपछि सो वन समूहको सक्रियतामा सिँचाइका लागि डिप बोरिङको व्यवस्था गरिएको छ। 

६५ लाखको लागतमा प्रतिसेकेण्ड १३ लिटर पानी आउने चार इञ्चको बोरिङमार्फत निकालिएको पानीबाट उपभोक्ताको एक सय ६६ रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको फुर्केटारी एक्युफेयर प्रालिका कोषाध्यक्ष कमलमणि त्रिपाठीले जानकारी दिए। 

सामुदायिक वनको संरक्षणसँगै उत्पादिन वन पैदावार र प्राकृतिक स्रोतको उपयोगमा कतिपय कानुनी अड्चनका कारण प्रचुर सम्भावना रहेर पनि वन समूहले वन उद्यम सञ्चालन गर्न अलमलिएको सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको बुझाइ छ। उनले भने, ‘सामुदायिक वनको आम्दानीमा तीनै तहका सरकारले थोपरेको करका कारण वन पैदावारमा आधारित उद्योग धरासायी हुने र नयाँ उद्यम सञ्चालनमा समेत बाधक बन्ने परिस्थिति सिर्जना भएको सरोकारवालाको बुझाइ छ।’  -रासस

प्रकाशित: Aug 28, 2023| 21:30 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्