मंगलबार, जेठ २६, २०८३

‘मन विचलित र निराश भए ११६६ मा सम्पर्क गर्नू’

पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएकाले यस्तो आग्रह गरिएको केन्द्रले बताएको हो।
 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

काठमाडौं– पछिल्लो समय खोलाबाट हाम फाल्ने, डोरीमा झुन्डिएर आत्महत्या गर्ने मान्छेको संख्या बढ्न थालेपछि सरकारले चासो व्यक्त गरेको छ।

National life

आज स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै मनमा अत्यधिक निराशाभाव आए वा विचलित भए निःशुल्क हटलाइन ११६६ मा सम्पर्क गर्न आग्रह गरेको हो।

पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गएकाले यस्तो आग्रह गरिएको केन्द्रले बताएको छ।

केन्द्रले मनमा अत्यधिक निराशाको भावना आए निःशुल्क हटलाइन ११६६ मा नमस्ते नेटवर्कबाट कुनै पनि बेला फोन गर्न र मनोपरामर्शकर्तासँग परामर्श सेवा लिन अनुरोध गरेको छ।

अप्ठ्यारा दिन सबैको हुने भएकाले त्यतिबेला धैर्यसाथ समस्याको समाधान खोजेर अगाडि बढ्न केन्द्रले सबै नागरिकसमक्ष आग्रह गरेको छ।

Shivam cement

प्रकाशित: Aug 28, 2023| 15:42 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्