मंगलबार, जेठ २६, २०८३

८० करोड कुम्ल्याएर बेपत्ता भए व्यापारी

व्यापारी अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका २ सय बढीको रकम लिएर बेपत्ता भएका हुन्।
 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

काठमाडौं– झापाको बिर्तामोडमा ‘पंकज चामल भण्डार’  सञ्चालन गर्दै आएका भारत पश्चिमका बंगालका व्यापारी पंकज अग्रवाल २ सय बढी व्यापारी र सर्वसाधारणको ८० करोड रकम ठगेर बेपत्ता भएका छन्।

National life

पश्चिम बंगालको राजगञ्ज स्थायी ठेगाना भएका अग्रवालले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका २ सय बढीको रकम लिएर बेपत्ता भएका हुन्।

अग्रवालले पाँच जिल्लाका २ सय बढी व्यापारी एवं सर्वसाधारणसँग न्यूनतम २५ हजारदेखि अधिकतम ८० लाख रुपैयाँसम्म ठगेर भागेको प्रहरीमा पीडितले उजुरी दिएका छन्। अग्रवालले सापटी र ब्याजमा रकम लिएर फरार भएकाले रकम उठाइदिन माग गर्दै प्रहरीमा उजुरी परेको हो। 

अग्रवालले पैसा दिँदा केही कारोबारीलाई कपाली तमसुक र केहीलाई भर्पाइ गरिदिएकाले ठगिएकाले सबै प्रमाण उजुरीपत्रसँगै संलग्न गराएका छन्। ठगीमा परेकामध्ये १७ जनाले बिहीबार जिल्ला प्रहरी पाँचथरमा सामूहिक निवेदन दिइसकेका छन्।

यसअघि अग्रवालबाट पीडित १३ जनाले इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिइसकेको प्रहरीले जनाएको छ। उनले केही कारोबारीलाई भाखा पुगेका दिन पैसा निकाल्नू भन्दै दिएका चेक साट्न जाँदा खातामा रकम नभएको पीडितले बताए।

Shivam cement

अग्रवालले सर्वसाधारण, व्यापारी, व्यवसायीको करोडौं ठगेर बेपत्ता भएपछि झापासँगै छिमेकी इलाम र पाँचथरमा ठगिएकाहरु दैनिकजसो प्रहरीकहाँ धाइरहेको पीडित युद्धबहादुर बोहराले गुनासो गरे।

झापामै केही दिनअघि गौरादहका सोमराज विश्वकर्मा दम्पती २४ करोड ठगी आरोपमा पक्राउ परेका थिए।

प्रकाशित: Aug 28, 2023| 14:49 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्