मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • उदयपुरमा डाक्टर बेपत्ता, सप्तकोसी किनारमा भेटियो मोबाइल र जुत्ता

उदयपुरमा डाक्टर बेपत्ता, सप्तकोसी किनारमा भेटियो मोबाइल र जुत्ता

 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

झापाको दमकका डाक्टर उज्ज्वल कोइराला बेपत्ता भएका छन्। उनको गाडी भने उदयपुरको बेलकास्थित चतरा पुल छेउमा भेटिएको प्रहरीले जनाएको छ।

National life

साथै उनले लगाएको जुत्ता र चलाउने मोबाइल सप्तकोसी नदी किनारमा भेटिएको छ।

सुनसरी र उदयपुर प्रहरीले डाक्टरको खोजी गरिरहेका छन् भने दमकमा उनको घरपरिवार र आफन्तलाई पनि जानकारी गराइएको छ।

बेपत्ता डाक्टर कोइराला मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत जनरल सर्जन हुन्। ३८ वर्षीय कोइरालाले चढ्ने गरेको प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कार सप्तकोसी किनारमै छ।

स्थानीयवासीले बेवारिसे कार देखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए। कोइराला राति दुई बजेतिर कोसीको पुलमा आएको सिसीटिभी फुजेटमा देखिएको प्रहरीले जनाएको छ।

Shivam cement

सशस्त्र प्रहरीको गोताखोर टोली र इप्रका रामपुरबाट सइको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजी जारी राखेका छन्।

प्रकाशित: Aug 28, 2023| 14:31 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्