मंगलबार, जेठ २६, २०८३

नेपाली सेनाका मेजर सम्पर्कविहीन

मेजर पण्डित आइतबार अपराह्न साढे ४ बजे ‘इभिनिङ वाक’का ब्यारेकबाट निस्किएकामा अहिलेसम्म सम्पर्कमा नआएका हुन्।
 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

काठमाडौं– डोल्पा सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित आइतबार रातीदेखि सम्पर्कविहीन भएका छन्।

National life

गुल्मपति पण्डित सम्पर्कविहीन भएपछि नेपाली सेना, नेपाल प्रहरीको टोली खोजीका लागि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारीले भूमिश्वर पोख्रेलले पुष्टि गरेका हुन्।

‘बडीगार्डलाई छाडेर एक्लै निस्किनुभएको र हिजोदेखि सम्पर्कमा नआएको खबरपछि खोजीमा टोली परिचालन गरेका छौं। डोल्पामा नेटवर्कको समस्या भएकाले खोजीमा जटिलता रहेको छ,’ प्रजिअ पोख्रेलले भने।

आइतबार अपराह्न साढे ४ बजे इभिनिङ वाकका लागि उनी ब्यारेकबाट निस्किएको बुझिएको छ। तीन वटै सुरक्षा निकाय सम्मिलित डीएसपीको नेतृत्वमा बेपत्ता मेजर खोजी थालिएको छ।

प्रकाशित: Aug 28, 2023| 14:30 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्