मंगलबार, असार ३, २०८२

खेलकुदमन्त्री लिम्बूको स्वास्थ्यमा सुधार

शुक्रबार बेलुकी एक्कासि ज्वरो आएपछि शनिबार बिहान उपचारका लागि वीर अस्पताल भर्ना भएका खेलकुदमन्त्री लिम्बूको स्वास्थ्यमा सुधार आएको हो।
 |  सोमबार, भदौ ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

vianetvianet

काठमाडौं– युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।

शुक्रबार बेलुकी एक्कासि ज्वरो आएपछि शनिबार बिहान उपचारका लागि वीर अस्पताल भर्ना भएका खेलकुदमन्त्री लिम्बूको स्वास्थ्यमा सुधार आएको हो।

मन्त्री लिम्बूका स्वकीय सचिव रोशनविक्रम राईले ज्वरो आएसँगै डेंगुु संक्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय मन्त्री लिम्बूको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ।

मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौं फर्किएका थिए। वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बूलाई डा. ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ।

प्रकाशित: Aug 28, 2023| 14:08 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्