मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विदेश रोजगारीको प्रलोभन देखाएर साढे १४ लाख ठग्ने चार जना पक्राउ

विदेश रोजगारीको प्रलोभन देखाएर साढे १४ लाख ठग्ने चार जना पक्राउ

प्रहरीले विदेश पठाउने प्रलोभन दिएर ठगीमा संलग्न नवलपरासीका समीर आले मगर, रामेछापकी शर्मिला सुनुवार, सल्यानका जगतबहादुर खड्का र पोखरा महानगरकी तारा गुरुङलाई पक्रियो।
 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

काठमाडौं– प्रहरीले विभिन्न देशमा रोजगारीमा पठाइदिने आश्वासन दिएर साढे १४ लाख ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी सार्वजनिक गरेको हो। 

National life

पक्राउ पर्नेमा नवलपरासी देवचुली नगरपालिका–८ घर भई हाल काठमाडौं टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय समीर आले मगर, रामेछाप उमाकुण्ड गाउँपालिका–१ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका–३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–१ बस्ने ५१ वर्षीय जगतबहादुर खड्का र कास्की पोखरा महानगर घर भई ललितपुर महानगर–१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरुङ रहेका छन्।

पक्राउ परेकामध्ये मगरले दुई जनालाई क्यानडा पठाई प्रतिष्ठित मार्केटमा मासिक २ लाख तलबमा काम लगाइदिने जनाउँदै  पीडितबाट पाँच लाख ४५ हजार ठगी गरेको, सुनुवारले एक जनालाई क्रोएसिया पठाई फुड प्याकिङमा मासिक १ लाख तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटक–पटक गरी २ लाख ठगी गरेको, खड्काले एक जनालाई कुँवेत पठाई बाइक राइडरमा मासिक ५० हजार तलबमा काम लगाइदिने भन्दै पीडितबाट पटक–पटक गरी १ लाख ९४ हजार ठगी गरेको देखिएको रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले बताए। 

यस्तै, गुरुङले एक जनालाई नेदरल्यान्ड पठाई सुपर मार्केटमा मासिक  १ लाख तलबमा काम लगाइदिने जनाउँदै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी ३ लाख ४५ हजार ठगी गरेको आरोपमा पक्राउ गरिएको हो।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए।

Shivam cement

प्रकाशित: Aug 28, 2023| 10:54 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्