मंगलबार, जेठ २६, २०८३

देशभर कुन-कुन राजमार्ग अवरूद्ध छन्?

 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

काठमाडौं- बाढी-पहिरोका कारण देशभर चार वटा राजमार्ग अवरूद्ध भएका छन्। ४८ स्थानमा एकतर्फीरूपमा सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।

National life

विभागले दिएको जानकारीअनुसार तानसेन–रिडी–कोरला जोड्ने सडक म्याग्दीको नौनीबगर, गुइथे आदि ठाउँमा अवरूद्ध छ।

तमोर करीडोरअन्तर्गतको चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारस्थित हेवाखोलामा अवरूद्ध रहेको छ।

बालाजु–त्रिशुली–धुन्चे –स्याफ्रुबेसी जोड्ने पासाङ ल्हामु राजमार्ग पनि नुवाकोटको निगालेमा अवरूद्ध छ। यद्यपि यहाँको पहिरो पन्छाउने कार्य सकिएकाले सवारी आवतजावत नियमित हुन थालेको बताइएको छ। पुष्पलाल मध्य पहाडी राजमार्ग पनि खोटाङको बेर्खेटारमा अवरूद्ध रहेको छ।

प्रकाशित: Aug 28, 2023| 09:02 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्