आइतबार, मंसिर १७, २०८०

कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

 |  सोमबार, भदौ ११, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

गण्डकी- कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ। गण्डकी आयुर्वेद औषधालय एवं जिल्लाभित्र सञ्चालनमा आएका नागरिक आरोग्य सेवा केन्द्रमा सेवा लिने बिरामीको सङ्ख्या वर्षेनी बढ्दै गएको गण्डकी आयुर्वेद औषधालय, लेखनाथका प्रमुख डा कुुमार कासुलाले जानकारी दिए।

sagarmatha cement

जिल्लामा पछिल्ला तीन वर्षमध्ये आव २०७७/७८, २०७८/७९ र २०७९/८० मा क्रमशः १६ हजार ८१, २१ हजार २५४ र २८ हजार नौ सय ४४ बिरामीले बहिरङ्ग सेवाअन्तर्गत आयुुर्वेदिक उपचार सेवा लिएका छन्।

यस उपचार सेवाका अतिरिक्त मातृशिशु सुरक्षार्थ पोषण, ज्येष्ठ नागरिक आरोग्य सेवा, विद्यालय आयुर्वेद तथा योग शिक्षा, पञ्चकर्म/पूर्वकर्म, क्षारसुत्र सेवा, प्रयोगशाला सेवा आदिका माध्यमबाट सेवा प्रदान गरिएको उनको भनाइ छ।

अन्य उपचारभन्दा कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यभन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै यसतर्फ आकर्षण बढ्दै गएको हो। विशेषगरी ग्याष्ट्रिक, हाड जोर्नी तथा नसाको दुखाइ, पायल्स, रुघा, खोकी ज्वरो लगायतका स्वास्थ्य समस्या लिएर बिरामी आउने गरेको उनको भनाइ थियो।

प्रकाशित: Aug 28, 2023| 08:48 सोमबार, भदौ ११, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कपाल झर्ने समस्याबाट छुटकारा पाउन के गर्ने?

कपाल झर्ने समस्याबाट छुटकारा पाउन के गर्ने?

केटा होस् वा केटी, कालो बाक्लो कपाल होस् भन्ने चाहना सबैमा हुन्छ। तर, आजको अस्वस्थ जीवनशैली, गलत खानपान र प्रदूषित वातावरणका कारण कपाल झर्ने समस्या...
भूकम्प प्रभावित क्षेत्रमा अझै सहज हुन सकेन पठनपाठन

भूकम्प प्रभावित क्षेत्रमा अझै सहज हुन सकेन पठनपाठन

साथीको मृत्यु, भूकम्पको डर त्रासले विद्यार्थी झन् एकोहोरो हुने, पढ्न मन नगर्ने, विद्यालमा उपस्थित भएको केही समयमै घर जान खोज्ने, टोलाउनेजस्ता समस्या विद्यार्थीमा हुने गरेको...
'जोडबल गरे अन्त्य हुन सक्छ एड्स २०३० सम्ममा'

'जोडबल गरे अन्त्य हुन सक्छ एड्स २०३० सम्ममा'

नेपालमा एचआइभी संक्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र रोजगारीका लागि विदेशिने युवाहरू रहेका छन्।
विद्यार्थीको पढाइ सुधार्न घरघरमा शिक्षक

विद्यार्थीको पढाइ सुधार्न घरघरमा शिक्षक

नमूना विद्यालयका रुपमा स्थापित भएको पब्लिक उच्च माविले विद्यालयको शैक्षिक स्तरलाई थप उकास्न घरदैलो अभियान सुरु गरेको हो।