मंगलबार, जेठ २६, २०८३

मौसममा सुधार, तीन दिन ठूलो पानी नपर्ने

 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

मौसममा क्रमिक सुधार हुँदै गइरहेको र तीन दिन ठूलो पानी नपर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

National life

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमै अवस्थित रहे पनि आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना छैन। पानी पार्ने जलवाष्पयुक्त वायु कमजोर हुँदा केही दिन हल्कादेखि मध्यम वर्षाको मात्रै पूर्वानुमान छ। शनिबारको तुलनामा आइतबार मौसममा थप सुधार देखिएको थियो। 

आज र भोलि अझै सुधार देखिने बताइएको छ। अहिले कोशी प्रदेशका अधिकांश भूभाग, मधेश र बागमती प्रदेशका एक-दुई स्थानहरूमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ।

Shivam cement

दिउँसो काठमाडौं उपत्यकामा पनि आंशिकदेखि सामान्य बदली भई एक दई स्थानमा छिटफुट वर्षा हुने सम्भावना देखिएको छ। राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Aug 28, 2023| 06:43 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्