मंगलबार, जेठ २६, २०८३

कास्की प्रहरीमा समीक्षा अधिकारीको उजुरी 

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०
National life
Shivam cement

गायिका समीक्षा अधिकारीले आफूविरुद्ध भ्रम फैलाएको भन्दै भ्रम फैलाउनेविरुद्ध कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छन्। उनलाई अस्ट्रेलियाले भिसा नदिएर कालोसूचीमा राखेको हल्ला फैलाइएको थियो। 

उनले वास्ताविकता कुरा नबुझी आफ्नो सामाजिक सञ्जाल प्रचारका लागि कसैको जिन्दगीसँग खेलावाड गर्नु जघन्य अपराध भएको बताएकी छन्। उनले केही फेसबुक पेजहरूको नामै उल्लेख गरेर प्रहरीमा उजुरी दिएकी छन्। 

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अस्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा मलाई अस्ट्रेलियाले ब्ल्याकलिस्टमा राखेको भन्ने झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवादस्वरुप केही सञ्जालहरू किटान गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी छु। वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जीन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो निष्कर्ष रहेको छ। साथै, सबै सञ्चारमाध्यमहरूलाई पनि यथार्थ बुझेर मात्र समाचार सम्प्रेषणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।’ 

प्रकाशित: Aug 27, 2023| 19:10 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्