मंगलबार, जेठ २६, २०८३

अपहरणको नक्कली निवेदन लेखाएर प्रहरीलाई झुक्याउने पक्राउ

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

मकवानपुरमा आफू अपहरणमा परेको भन्दै प्रहरीलाई दिगभ्रमित पार्ने एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। श्रीमतीको माध्यम प्रयोग गर्दै आफू अपहरणमा परेको र खोजी दिन प्रहरीमा निवेदन दिएर लुकेर बसेको अवस्थामा उनी पक्राउ परेका हुन्।

National life

पक्राउ पर्नेमा जिल्लाको राक्सिराङ गाउँपालिका-५ का ४६ वर्षीय कुमार प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार उनलाई आइतबार मनहरी गाउँपालिका- ४ नयाँबस्तीस्थित अनुग्रह चर्चबाट नियन्त्रणमा लिइएको हो।

कुमार गत भदौ ३ गते बिहान साढे ११ बजे आफ्नै घरबाट हराएका थिए। उनकी श्रीमती आइतीमाया चेपाङले प्रहरी कार्यालयमा खोजतलास गरी पाउँ भन्दै हुलियासहितको निवेदन दिएकी थिइन् 

‘स्थानीय कुमार प्रजा र निर्मल भन्ने सानुबाबु रुम्बाबीचमा आर्थिक लेनदेन रहेको र दुवै जनाबीच वादविवाद भएकोमा निज निर्मल भन्ने सानुबाबु रुम्बाले श्रीमानलाई बेपत्ता पारी अपहरणसमेत गरेको हुनसक्ने भएकोले श्रीमानको खोजतलास गरी पत्ता लगाइ आवश्यक कारबाही गरी पाउँ भनी कुमारकी श्रीमती आइतीमाया चेपाङले यस कार्यालयमा हुलियासहितको निवेदन दिएकीमा कुमार प्रजाको खोजतलास तथा गोप्य रुपमा अनुसन्धान गर्दै जाने क्रममा कुमारको श्रीमती तथा अन्य परिवारका सदस्यहरुसँग निरन्तर टेलिफोन सम्पर्कमा रहेकोसमेत खुल्न आयो’, आइतबार पत्रकार सम्मेलन गर्दै मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले भने।

उनका अनुसार कुमार मनहरी- ४ नयाँबस्तीमा रहेको भन्ने सूचनाको आधारमा खोजी गर्ने क्रममा अनुग्रह चर्चमा फेला परेका थिए। नियन्त्रण लिने बेला कुमारले विभिन्न अश्लील शब्दहरु बोली खटिएको प्रहरी टोलीसँग विवाद गरी अभद्र व्यवहारसमेत गरेको एसपी रिजालले बताए।

Shivam cement

कुमारविरुद्ध पक्राउ पुर्जी जारी गरेर थप अनुसन्धान कार्य भइरहेको छ। लेनदेनको विषयको कारण उनले श्रीमतीको माध्यमबाट प्रहरीलाई समेत दिगभ्रमित पार्न खोजेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी रिजालको भनाइ छ।
 

प्रकाशित: Aug 27, 2023| 19:08 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्