मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मेचीनगरमा १६ करोड ६६ लाख लागतका तीन खानेपानी आयोजना अन्तिम चरणमा

मेचीनगरमा १६ करोड ६६ लाख लागतका तीन खानेपानी आयोजना अन्तिम चरणमा

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

झापा- मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट ६ हजार घरपरिवार लाभान्वित हुने भएका छन्। मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब छ हजार घरपरिवार लाभान्वित हुने आयोजनाका अध्यक्ष राजकुमार पोखरेलले जानकारी दिए। ती आयोजनाको निर्माण ८५ प्रतिशत सकिएको उनले जानकारी दिए।

National life

नेपाल सरकार खानेपानी मन्त्रालयको आर्थिक सहयोगमा निर्माणधीन आयोजनाको कुल लागत १६ करोड ६६ लाख ७३ हजार आठ सय १४ रूपैयाँ छ। निर्माणको जिम्मा सीएवी, जीआरडी जेभी काठमाडौंले पाएको छ। स्थानीय उपभोक्ताले जनश्रमदानबापतको रकम दुई करोड आठ लाख ३४ हजार दुई सय २६ रूपैयाँ बेहोर्ने सर्तमा विसंं २०७८ असार २९ गते सम्झौता भएको थियो। आयोजनाको विसं २०८० पुस २९ सम्म निर्माण सम्पन्न हुने सम्झौतामा उल्लेख छ।

अध्यक्ष पोखरेलले धुलाबारीमा दुई, भृकुटीमा दुई र चारआलीमा एउटा डिप बोरिङमार्फत पानी निकालेर दुई वटा फिल्टर प्लान्ट हुँदै चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकीमा जम्मा गरी सप्लाइ गरिने बताए।

उनका अनुसार चारआलीमा भने दुई लाख २५ हजार क्षमताको ओभरहेड ट्यांकी छ। जसबाट एक हजार बढी घर परिवार लाभाविन्त हुनेछन्। मेचीनगर-२ का बासिन्दा वर्षौँदेखि इनार, कलको पानी उपभोग गर्दै आएका थिए।

वर्षौँदेखिको खानेपानीको समस्याबाट वडा नं २ को तल्लो क्षेत्र लाभान्वित बन्न लागेको वडाध्यक्ष दीपक बरालले बताए। 'शुद्ध, सफा खानेपानीको पहुँचमा बल्ल पुगियो', उनले भने, 'माथिल्लो बेल्ट अझै काकाकुल अवस्थामै छ। यसले थोरै भए पनि राहत पुग्यो।'

Shivam cement

निर्माण व्यवसायी देवेन्द्रप्रसाद चौगालाईँले करिब ९५ प्रतिशत निर्माण पूरा गरेको दाबी गरे। उनका अनुसार एक सय ५० मिटर गहिराइबाट पानी निकालिएको छ। उनले तोकिएकै समय अगाडि नै आयोजना सम्पन्न गरी हस्तान्तरण गरिने बताए।

हाल ओभरहेड ट्यांकी, डिप बोरिङलगायतका सबै निर्माण सकिएको र केही स्थानमा पाइपलाइन विस्तार मात्रैबाँकी रहेको व्यवसायी चौगालाईँले जानकारी दिए।

प्रकाशित: Aug 27, 2023| 18:27 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्